१ कार्तिक २०८३, आइतबार

चौवीस नेपाली ४ महिनादेखि भारतीय जेलमा, गम्भीर मुद्दा लगाउने तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

india-flagकाठमाडौ, १६ चैत । भारतको हरियाणास्थित सतलोक आश्रमबाट पक्राउ परेका २४ नेपाली चार महिनादेखि जेलमा छन् । हिसार जेलमा रहेका उनीहरुमध्ये आठ जनालाई गम्भीर प्रकृतिको मुद्दा लगाउन लागिएको छ ।

सतसंगमा सहभागी हुन हरियाणा प्रान्तको हिसार जिल्लास्थित बारबलामा रहेको रापालजी आश्रममा गएका २४ नेपाली २ मंसिरमा पक्राउ परेका हुन् । उनीहरु मध्ये १६ जनालाई पक्रिया पुराएर रिहा गर्ने भनिए पनि अदालतले अझै केही प्रष्ट्याएको छैन ।

अदालतमा उपस्थित नभएर मानहानी गरेको अभियोगमा रामपालजी समातिएका थिए । उनलाई गिरफ्तार हुन नदिन प्रहरीविरुद्ध बल प्रयोग गरेको लगायतका अभियोग नेपालीमाथि लगाइएको छ ।

उनीहरुको कानूनी मामिला हेरिरहेका वकिल एपी सिंहले आठ नेपाली तत्काल रिहा हुन नसक्ने र बाँकीलाई अदालतले केही प्रक्रिया नभनेको बताएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

पक्राउ परेका नेपालीमा लक्ष्मण बस्नेत, विजय साह, योगेन्द्र चन्द, विनोद यादव, भूप सिंह, ईश्वर श्रेष्ठ, राजकुमार गिरी, सुरेश राई तत्काल रिहा हुन नसक्ने सिंहले बताएका छन् । उनीहरुमध्ये महतो र गिरी भारतीय प्रहरीको कुटाइबाट घाइते भएका छन् ।