
काठमाडौँ, २४ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ३ हजार ५ सयको परीक्षण गर्दा गत २४ घण्टामा थप ९९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २ सय ७२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ५९ जना रहेको छ ।
हालसम्म मृत्यु हुनेको संख्या २ हजार ३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २० लाख ९१ हजार १ सय ६६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।















प्रतिक्रिया