१२ कार्तिक २०८३, बिहिबार

कैलालीमा माटोको ढिस्कोले पुरिँदा ३ महिलाको मृत्यु, २ घाइते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २४ माघ । कैलालीमा माटोको ढिस्कोले पुरिएर ३ जना महिलाको मृत्यु भएको छ ।

घर पोत्ने माटो लिन गएका ३ जना महिलाको ढिस्कोले परिएर मृत्यु भएको हो ।

प्रहरीका अनुसार आज १२ बजे माटोको ढिस्कोले ५ जना पुरिएका मध्ये २ जनाको घटना स्थलमा मृत्यु भएको थियो भने १ जनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

जानकी गाउँपालिका ९ पुर्वीखैरी फाँटामा माटोको ढिस्को खस्दा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २० वर्षीया भावना वडू, १७ वर्षीया धनसरी विक र ३१ वर्षीया गंगा जयगडी रहेका छन् ।

त्यसैगरी, अन्जु जयगडी र काजल विकको टिकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।