अछाम, १६ चैत । अछामको भैरवस्थान प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) धनवीर सिंह धामीले एक स्वास्थ्यकर्मी महिलाको बलात्कारपछि हत्या गरेका छन् ।
रानीवन उपस्वास्थ्यचौकीमा कार्यरत अनमी कलादेवी जैसीलाई प्रहरी सहायक निरीक्षक धामीले उनकै घरभित्र पसेर बलात्कार गरी जंगलमा लगेर हत्या गरेका हुन् ।
पीडित परिवारका अनुसार असई धामीले ४६ वर्षकी अनमी जैसीमाथि लामो समयदेखि हिंसा गर्दै आएको राजधानी दैनिकले छापेको छ ।
असई धामीले गत २८ फागुनको मध्यराति २ बजे जैसीकै घरभित्र प्रवेश गरी जबरजस्ती करणी गरी हत्यार गरेको मृतकका छोरा धनञ्जय न्यौपाने (जैसी)ले बताएका छन् ।
उनका अनुसार प्रहरी सहायक निरीक्षक धामीले अनमी कलादेवीलाई बलात्कारपछि राति नै लछारपछार गर्दै जंगलतिर तानेर लगेका थिए ।
सोही समयदेखि बेपत्ता भएकी उनको १३ दिनपछि शव भेटिएको थियो । उनको शव भैरवस्थान स्यालघाट भन्ने स्थानमा फेला परेको थियो ।
‘मध्य रातमा आमाले बचाउ भन्दै चिच्याउनुभयो । म उठेर जाँदा उसले यहाँ आइस् भने मारिदिन्छु भन्यो,’ मृतकका छोरा धनञ्जयले भने ‘अनि म डरले जान सकिनँ । त्यसपछि उसले कहाँ लग्यो थाहा भएन । खोजी गर्दा एकै पटक शव फेला पर्यो ।’
सहायक निरीक्षक धामीले आफूलाई मुद्दा नहालिदिन आग्रह गरेको भन्दै धनञ्जयले भने ‘मलाई पटक पटक पैसा लैजानुस् तर मुद्दा नदिनुहोस भन्छ, तर म मेरी आमालाई पैसामा कसरी बेच्न सक्छु ।’















प्रतिक्रिया