काठमाडौं, २४ माघ । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२१ को संस्करणमा नेपालबाट आठ खेलाडीले अक्सनमा नाम दर्ता गराएका छन् ।
फेब्रुअरी १८ मा हुने आइपीएलको अक्सनमा विश्वभरबाट एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा नेपालबाट आठ खेलाडी परेका हुन् । अक्सनमा परेका खेलाडीको नामावली भने सार्वजनिक गरिएको छैन ।
अक्सनमा भारतका ८१४, वेस्ट इन्डिजबाट ५६, अस्ट्रेलियाबाट ४२, दक्षिण अफ्रिकाबाट ३८, श्रीलंकाबाट ३१, अफगानिस्तानबाट ३०, न्यूजिल्यान्डबाट २९, इंग्ल्यान्डबाट २१, युएईबाट ९, स्कटल्यान्डबाट सात, बंगलादेशबाट पाँच, आयरल्यान्ड, जिम्बाब्वे र अमेरिकाबाट समान २–२ तथा नेदरल्यान्डबाट एक खेलाडी रहेका छन् ।
एउटा फ्रेन्चाइज टिमले बढिमा २५ खेलाडी आफ्नो टिममा राख्न पाउँछन् । यो अक्सनबाट भने ६१ खेलाडीलाई आठ फ्रेन्चाइज टिमले अनुबन्धित गर्नेछ । जसमा २२ विदेशी खेलाडी अक्सनबाट छानिने छन् ।
२०१७ मा तत्कालीन दिल्ली डेयरडेभिल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई २० लाख भारुमा आफ्नो टिममा अनुबन्धित गरेको थियो । लगातार दुई संस्करण सन्दीपलाई रिटेन गरेको अहिलेको दिल्ली क्यापिटल्सले २०२१ को संस्करणको आइपिएललाई भने रिलिज गरेको छ ।















प्रतिक्रिया