१२ कार्तिक २०८३, बिहिबार

एक लाख ७१ हजारले लगाए कोरोनाविरुद्धको खोप

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४८६ जनाले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २०१ खोपकेन्द्रबाट अहिलेसम्म एक लाख ७४ हजार ४८६ जनाले लगाएको जानकारी दिए ।

उनका अनुसार प्रदेश नं। १ मा २३ हजार ८२ जना, प्रदेश नं। २ मा २२ हजार ७५६ जना, वाग्मती प्रदेशमा ५९ हजार ९४२ जना, गण्डकी प्रदेशमा १७ हजार ३१५ जना, लुम्बिनी प्रदेशमा २६ हजार ८९८ जना, कर्णाली प्रदेशमा आठ हजार ६८४ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८०९ जनालाई खोप दिइएको छ ।

यही माघ १४ गतेबाट पहिलो चरणमा प्राथमिकता परेका व्यक्तिलाई लगाउँदै आएको खोप शनिबार समापन गरिँदैछ । प्रवक्ता डा गौतमले खोपको दोस्रो चरणबारे चाँडै जानकारी गराइने बताए । –रासस