१२ कार्तिक २०८३, बिहिबार

नरभक्षी आन्दोलनका दिन गए, अब नेपाल अशान्ति र हिंसामा जान सक्दैन: प्रधानमन्त्री ओली

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल अशान्ति र हिंसामा जान नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौँको नारायणहिटी परिसरमा नेकपाद्वारा आयोजित वृहद जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षलाई नरभक्षी आन्दोलन नगर्न समेत चेतावनी दिएका छन् ।

‘हिजो नेपाल बन्द गरेर, किसानहरुका उत्पादन सडकमा पोखेर र गरिवको नोक्सान गर्दै क्रान्तिकारी देखाउन खोजियो । अब नरभक्षी आन्दोलन गर्ने दिन गए । अब नेपाल अशान्ति र हिंसामा जान सक्दैन’, ओलीले भने ।

त्यस्तै, सभामा भएको उपस्थितिलाई आधार मान्दै कुन पार्टी मूल हो भन्नेबारे टुंगो लागेको पनि बताए । ‘मुल पार्टी यही हो, जहाँ हामी छौ । देशकै मुल पार्टी हो । देश बनाउने पार्टी हो । सार्वभौमसत्ताको रक्षा र प्रयोग गर्ने पार्टी हो’, ओलीले बताए ।

प्रधानमन्त्री ओलीले सात दशकदेखि लोकतन्त्रका लागि, विकासका लागि, स्थायित्वका लागि संघर्ष गर्दै आएको पार्टी यही रहेको बताउँदै अब कुन नक्कली कुन सक्कली स्पष्ट भइसकेको जिकिर गरे ।