१२ कार्तिक २०८३, बिहिबार

प्रचण्ड–माधव पक्षले देशमा अस्थिरता चाहेका छन्: उपप्रधानमन्त्री पोखरेल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । उपप्रधानमन्त्री तथा नेकपा ओली नेतृत्वका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रचण्ड–माधव पक्षले देशमा फेरि अराजकता सिर्जना गर्न खोजेको बताएका छन् ।

शुक्रबार नारायणहिटी दरबार परिसरमा नेकपाको वृहद जनसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचन घोषणा गरिएको अवस्थामा निर्वाचन आयोगलाई धम्क्याउने प्रवित्ति प्रचण्ड माधव पक्षले गरेको भन्दै उनीहरुले देशमा अस्थिरतमा चाहेको बताए ।

‘सम्पूर्ण चिजको फैसला गर्ने जनता भएकाले ताजा जनादेशका लागि जान प्रधानमन्त्रीले ऐतिहासिक घोषणा गर्नुभयो । हामी त्यही अभियानमा लागिरहेका छौँ,’ पोखरेले भने, ‘उहाँहरुले जुन अराजकता निम्त्याउन, आर्थिक विकासमा कमजोर बनाउन कुनै हालतमा सफल हुन दिने छैनौँ ।’

संमृद्धि, विकास तथा संविधानको रक्षाका लागि गरिएको पार्टी एकतामा प्रचण्ड माधव पक्षले त्यसका विरुद्धमा लागेको पोखरेलले बताए । ‘कम्युनिस्ट पार्टीलाई एक बनायौँ लामो समयदेखि जनताले चाहेको राजनीतिक स्थायित्व, सम्बृद्धिको बाटो खुल्छ, संविधानको रक्षा हुन्छ भनेर सोचेपनि त्यो सोचाइका विरुद्धमा जाने तत्त्व भए । जसले सम्मृद्धिको कुरालाई पछाडि पार्न र अराजकता निम्त्याउने प्रयास हुँदैछ । सफल हुन दिदैनौँ,’ पोखरेलको दावी छ ।