१२ कार्तिक २०८३, बिहिबार

बुद्धको ज्योतिले संसारलाई ज्योति दिएको छ, दुइचार जनाले अँध्यारो चाहेर केही हुँदैन: नेता मण्डल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । नेकपा ओली पक्षका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले प्रचण्ड–माधव समूहका नेताहरु पाप पखाल्न पार्टी छोडेको बताएका छन् ।

काठमाडौँको नारायणहिटी दरबार परिसरमा शुक्रबार आयोजित वहृद जनसभालाई सम्बोधन गर्दै नेता मण्डलले देशमा कठिन परिस्थितिको सिर्जना हुनुमा पार्टीका केही नेताहरु कारक रहेको बताएका छन् ।

‘यो परिस्थिति कसरी उत्पन्न भयो ? हाम्रै पार्टीका केही नेताले गर्दा मुलुकमा जनताले संकट महशुस गर्न थालेका छन्,’ मण्डलले भने, ‘बुद्ध जन्मेको देश हो, बुद्धको ज्योतिले संसारलाई ज्योति दिएको छ । दुइचार जनाले अँध्यारो ल्याउन खोजेपनि केही हुँदैन ।’

उनले मैथिलिमा गीत गाउँदै ‘माघके महिनामा कुम्भके नाहनमा आहो बुद्ध जी ….’ भने । उनले प्रचण्ड माधव पक्षलाई भने, ‘पापीहरु कुम्भ नुहाउन गएको, कमाएका पुन्य पखाले केही हुनेवाला छैन ।’