१२ कार्तिक २०८३, बिहिबार

नेकपाको वृहद जनसभा यसरी भयो सुरु (फोटो/भिडियोसहित)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-एसपी उप्रेती

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वृहद जनसभा काठमाडौँको नारायणहिटी दरबार परिसरमा सुरु भएको छ ।

नेकपा वागमती प्रदेश कमिटीको आयोजना भइरहेको विशाल आमसभामा प्रधानमन्त्रीसहित नेकपाका शीर्ष तीन जना नेताहरुले सम्बोधन गर्दैछन् ।

जनसभामा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

वागमती प्रदेशका १३ जिल्ला तथा देशभरबाट नेता कार्यकर्ताहरुको बाग्लो उपस्थितिमा भइरहेको सभामा विभिन्न सांस्कृतिक कलाकारहरुले प्रस्तुति दिएका छन् ।

त्यस्तै, परम्परागत बाजागाजासहित देशका विभिन्न स्थानबाट जनसभामा उपस्थिति जनाउनका लागि सर्वसाधारणहरु आएका छन् ।

विभिन्न स्थानबाट नारा जुलुस गर्दै सहभागीहरु सभास्थलमा पुगेका छन् । केपी ओली आइ लभ यू, आज अनि भोलिलाई दश वर्ष ओलीलाई जस्ता नाराबाजी गर्दै सहभागीहरु जनसभामा आइपुगेका हुन् । सभा २ घण्टा चल्ने जनाइएको छ ।

पछिल्लो समय निर्वाचनको घोषणा गरेसँगै सत्तारुढ पार्टी दुई ध्रुवमा केन्द्रीत भएको छ । एकले अर्कोलाई निषेध गर्दै आएका उनीहरुमध्ये प्रचण्ड माधव पक्षले बिहीबार आमहड्तालको घोषणा गरेको थियो ।

भिडियाे: