३ कार्तिक २०८३, मंगलबार

फागुन २१ मा ‘गोर्खे’ रिलिज हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंँ । फिल्म ‘गोर्खे’ अगामी २१ फागुनबाट देशभर प्रदर्शनमा आउने भएको छ । कोजु इन्टरटेन्टमेनको ब्यानरमा बनेको फिल्म हरि लामाको प्रस्तुति रहेको छ । तीर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्म ५ युवा र उनीहरूले देखेको सपनाको विषयमा निर्माण भएको छ ।

रविन्द्रप्रताप सेन, अर्जुन गुरुङ, अञ्जली अधिकारी, एञ्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ, वाल्दीप राई लगायतको अभिनय रहेको फिल्ममा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायाँकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको फिल्म किम्मत गौतमले निर्देशन गरेका हुन् । फिल्म जिजिए ग्रुप र एफडिले मिलेर बितरण गर्न लागेको बितरक करण श्रेष्ठले जानकारी दिए । फिल्म पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौं लगायतका स्थानमा छायाँकन भएको हो । फिल्मको अहिले एक पोस्टर समेत सार्वजनिक गरिएको छ । जसमा फिल्मका मुख्य कलाकार अटाएका छन् ।