४ कार्तिक २०८३, बुधबार

प्रचण्ड–माधवको शान्तिपूर्ण आमहड्ताल ! निर्दोष आमाछोरीमाथि खन्याइयो तातो तेल

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २२ माघ । शान्तिपूर्ण रुपमा गर्ने भनिएको आमहड्तालका बीच प्रचण्ड–माधव समूहका कार्यकर्ताले खाजा पसल सञ्चालन गरिरहेका आमा–छोरीमाथि तातो तेल खन्याएर अपराधजन्य काम गरेका छन् ।

प्रदेश १ को राजधानी समेत रहेको विराटनगर महानगरपालिका–२ मा चियानास्ता पसलमा काम गरिरहेका ती आमा–छोरीमाथि बन्दकर्ताहरुले बन्दको उल्लंघन गरेको भन्दै उम्लिरहेको तातोतेल खन्याएका हुन् ।

पसलमा समोसा पकाउन उमालिरहेको तेल खन्याउँदा पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनी घाइते भएका छन् । पसलमा काम गरिरहेका बेला एक्कासी आएको समूहले उनीहरुमाथि तेल खन्याएको बताइएको छ ।

घाइतेमध्ये बविता ६ महिनाकी सुत्केरी हुन् । पसल बन्द नगरेको भन्दै पूर्वमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा लठ्ठीसहित आएको आन्दोलनकारीहरुले यो क्रुर अपराध गरेको स्थानीयले बताएका छन् ।

उनीहरुले पसल सञ्चालक ४८ वर्षीय सहनीलाई पनि लठ्ठी, मुक्का र लात्ताले कुटपिट गरेको प्रत्यक्षदर्शीको भनाइ छ । कुटपिटबाट सहनीको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

पहिला आउने समूहले आफूहरुलाई समेत खाजा खानु पर्ने भएकाले पसल खुल्लै राख्न भनेको तर पछिल्लो समूहले यो हर्कत गरेको घाइते सञ्चालक सहनीले बताएका छन् ।

घटनामा संलग्नहरु अहिले फरार छन् ।