८ कार्तिक २०८३, आइतबार

‘अरूको मृत्युमा आफ्नो जीवन देख्नेहरू सप्रिएर अघि बढ्न सक्दैनन्’

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अरूको मृत्युमा आफ्नो जीवन देख्नेहरू तथा कुण्ठा र ईष्र्या भावबाट निर्देशित हुनेहरू सप्रिएर अघि बढ्न नसक्ने बताएका छन् ।

उनले प्रचण्ड-माधव पक्षको बिहीबार आमहड्ताल घोषणा गरेको तर्फ इंगित गर्दै भने, ‘अरूको मृत्युमा आफ्नो जीवन देख्नेहरू तथा कुण्ठा र ईष्र्या भावबाट निर्देशित हुनेहरू सप्रिएर अघि बढ्न सक्तैनन् ।’

त्यस्ता मानिसले ध्वंसात्मक दिशामा अघि बढेको पत्तै नपाउने र अन्तत आफैँ पनि सर्वनाश भएको समेत पत्तो नपाउने पोखरेलले बताए । वुधबार बेलुका ट्वीटरमार्फत उपप्रधानमन्त्री पोखरेलले ट्वीट गर्दै समयमै सोच्न समेत आग्रह गरेका छन् ।

यस्तो छ ट्वीट

“अरूको मृत्युमा आफ्नो जीवन देख्नेहरू तथा कुण्ठा र ईष्र्याभावबाट निर्देशित हुनेहरू सप्रिएर अघि बढ्न सक्तैनन् ! तिनले ध्वंसात्मक दिशामा अघि बढेको पत्तै पाउँदैनन् र अन्ततोगत्वा आफ्नै सर्वनाश भएको समेत पत्तो पाउँदैनन् ! समयमै सोचे हुने !!”