४ कार्तिक २०८३, बुधबार

ओली पक्षको आमसभा प्रभावित पार्ने उद्देश्यसहित प्रचण्ड–माधव समूहद्वारा आम हड्ताल घोषणा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।

संवैधानिक निकायहरुमा गरिएको नियुक्तिको विरोध गर्दै उनीहरुले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको बताइएको छ । यद्यपि, पर्सि २३ गते ओली पक्षको नेकपाको आमसभालाई समेत प्रभावित पार्ने लक्ष्यसहित भोलिको आम हड्ताल गरिएको केही नेताहरुले बताएका छन् ।

एउटा विषयको विरोधको नाममा अर्को काम प्रभावित पार्न यस्तो निर्णय भएको नेकपाका नेताहरुको भनाइ छ ।