नयाँदिल्ली । चर्चित अध्यात्मिक गुरु श्री श्री रविशंकरलाई आंतकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले धम्कीसहितको पत्र पठाएको छ ।
हाल मलेसियामा रहेका गुरु रविशंकरको ‘आर्ट ऑफ लीविंग’को मलेसियाई शाखालाई आईएसले पत्र पठाएर धम्की दिएको हो । यो खबर रविशंकरका सहयोगीले पुष्टि गरेका छन् ।
रविशंकरका साथी सहयोगी नकुलले भनेका छन्, ‘श्री श्री रविशंकर सुदूर पूर्वका केही देशहरुमा भ्रमण गरिरहेका छन्, र उनी भर्खरै मलेसिया पुगेका छन् । केही दिन पहिले उनी कम्बोडियामा थिए । हामीलाई आईएसबाट आएको धम्की पत्र मलेसियामा पाएका छौं ।’
धम्की पत्र रविशंकर बस्दै आएका होटल मालिक र आर्ट ऑफ लीविंगका निर्देशकलाई पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पत्रमा धेरै धम्कीका शब्द प्रयोग गरिएको छ ।
आइएसले पठाएको धम्कीमा भनिएको छ-‘यदी तपाई नागरिकका कार्यक्रममा अगाडी बढ्नुभयो भने यसको परिणाम ठिक हुने छैन् ।’ रविशंकरका साथी सहयोगी नकुललका अनुसार धम्की पछि गुरु रविशंकरको सुरक्षा बढाइएको छ ।
धम्की पत्र कसरी आयो भन्ने बारेमा पनि मलेसीयन प्रहरीले खोजी सुरु गरेको छ । रविशंकरको आर्ट ऑफ लीविंगको तथा अन्य कार्यक्रममा १० हजार नागरिक सहभागि भएका थिए ।
मलेसियाको पेनांग सहरमा भएको कार्यक्रममा ७० हजारले भाग लिएका थिए । जसमा श्री श्री रंविशंकरको पनि सहभागि थिए ।














प्रतिक्रिया