४ कार्तिक २०८३, बुधबार

दैलेखमा अविवाहित महिला र एकल पुरुषले भत्ता पाउने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, २० माघ । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् ।

गाउँपालिकामा रहेका एकल पुरुषले पटक–पटक भत्ता पाउनुपर्ने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो ।

गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन् । उनीहरुलाई मासिक ५०० रुपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए । ‘भत्ता ६/६ महिनामा वितरण गरिने छ’ अध्यक्ष मल्ले भने ।

त्यसैगरी विवाह नगरि बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले जानकारी दिएका छन् । तर, महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अविवाहित महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको उनको भनाइ छ ।