
काठमाडौं, २० माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका नेतासँग खानेपानी मन्त्री मणि थापाले जेलमै गएर भेट गरेका छन् ।
उक्त पार्टीसँग वार्ताको वातावरण बनाउने सरकारले उद्देश्यअनुरुप मन्त्री थापाले जेलमा रहेका विप्लवका नेतालाई भेट गरेका हुन् ।
नख्खु जेलमा रहेका नेता हेमन्तप्रकाश ओलीलाई मन्त्री थापाले मंगलबार बिहान भेटवार्ता गरेका छन् । विप्लव समूहमा विप्लबपछिका नेता ओली तेस्रो तहमा छन् ।
आफूले विप्लब समूहका नेतालाई भेट गरेको थापाले पुष्टि गरेका छन्, तर भेटमा भएका कुराकानीबारे भने उनले केही खुलाएका छैनन् ।















प्रतिक्रिया