
काठमाडौं, २० माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट अलग भएको प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकता दाबी गर्दै आज निर्वाचन आयोगमा जाने भएको छ ।
सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज मध्याह्न निर्वाचन आयोगको कार्यालय जान लागेको बताइएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय उक्त समूहले गरेको छ ।















प्रतिक्रिया