२ कार्तिक २०८३, सोमबार

क्याम्पस पढ्ने विद्यार्थीले दाहाललाई अदालत लगे, आज सुनुवाइ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज सुनुवाइ हुने भएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दालाई दाहालले प्रभावित पार्न खोजेको भन्दै समीर हायुले रिट दायर गरेका छन् । नेपाल ल क्याम्पसमा अध्ययनरत हायूले निवेदन आइतबार अपहेलना मुद्दा दायर गरेका थिए ।

प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानूनी व्यवस्था प्रतिकूल भएको दावी गर्दै उनले अदालतको अवहेलना मुद्दामा निवेदन दायर गरेका थिए ।