१२ कार्तिक २०८३, बिहिबार

फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ को रुपमा मनाइने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ माघ । सरकारले २०२० फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा मनाउने भएको छ ।

आयोडिनयूक्त नूनको प्रवद्र्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्य अनुरुप सन् २०२१ फेबुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिना को रुपमा मनाइने भएको हो ।

माघ १९ गते (१ फेबुवरी २०२१) देखि एक महिनाभरी सरकारले (आयोडिन मन्थ) का रुपमा मनाउने भएको हो ।

यूनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई (आयोडिन मन्थ) घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि संचालन गरिदै आएको छ ।

आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये भिजिवल गइँटर सन् १९८५/८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा देखिएको छैन ।

नेपाल सरकारले दिएको निर्देशन अनुसार यस कर्पोरेशनले आयोडिनयुक्त नुनको आपूर्त गर्दै आएको र नेपाल सरकारले लिएको सह शताब्दी विकास लक्ष्य अनुरुप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको एनएनएमएस सर्वे अनुसार ९१.० प्रतिशत घर परिवारले उपयूक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ भने सन २०१६ मा नेपाल सरकारले गरेको एनडीएचएस सर्वे अनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका वालवालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ ।

अतः यस उपलब्धीलाई जोगाई राख्न सम्वन्धित सवै निकायहरुको ध्यान दिनु जरुरी देखिएको छ ।

यस वर्ष कोभिड १९ का कारण नेपाल कोरोनाको संक्रमणबाट अझै पनि जोखिमपूर्ण रहेकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्दिष्ट गरिएको नियम पालना गर्दै १ महिनासम्म आयोजना गरिने कार्यक्रमहरुमा कर्पोरेशनले नेपाल सरकारको जनस्वास्थ्यसंग सम्बन्धित निकायहरुका साथै विद्यालय, समुदाय एवं गैर सरकारी संघ।संस्था,स्थानीय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संस्था संग समन्वय गरी भौतिक दुरी कायम गरी कार्यक्रम संचालन गरिनेछ ।

आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतना मूलक सामग्री बितरण, प्रर्दशनी कक्ष(स्टल) राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि.ले जनाएको छ ।

नेपाल सरकारले विगत ५७ वर्ष देखी साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि.लाई देशभर आयोडिनयूक्त नूनको आपूर्तिकोे जिम्मेबारी दिएको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि.ले ग्रामीणस्तर सम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालबालिका चिन्ह अंकित पाकेट नून सुलभ मूल्यमा बिक्री बितरण तथा जनचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

आज देखी शुरु हुने आयोडिन मन्थमा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टीसर्ट, पम्पलेट, तथा फेस मास्क जस्ता सामग्री बितरण गर्न बिभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाईने छ र उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम संचालन गर्न लागेकोे छ ।