
काठमाडौँ, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपां) प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
उक्त समूहले ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाउने तथा विष्णु पौडेललाई महासचिव पदबाट हटाउने निर्णय गरेको छ ।
उक्त समूहको सोमबार बसेको चौथो केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीलाई पार्टीबाट हटाउने र महासचिवको पद खोस्ने प्रस्ताव पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । यसअघि माघ ११ गते पनि उक्त समूहको बैठकले यस्तै निर्णय गरेको थियो ।
त्यही निर्णयलाई सोमबारको बैठकबाट अनुमोदन गराइएको उक्त पक्षको दावी छ ।
त्यस्तै, बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय पनि गरेको बताइएको छ ।















प्रतिक्रिया