१२ कार्तिक २०८३, बिहिबार

निर्वाचन नचाहनेहरुको दवाव र धम्कीले निर्वाचन रोकिँदैन: उपप्रधानमन्त्री पोखरेल

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन नचाहनेहरुले निर्वाचन आयोगलाई दिएको गलत दवाव र धम्कीले निर्वाचन नरोकिने बताएका छन् ।

नुवाकोटको सदरमुकाम विदुरमा नेकपा ओली पक्षले गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

सम्मेलनमा पोखरेलले भने, ‘तोकिएको समयमा निर्वाचन नहोस् भन्ने पक्षले चलाएको हल्लाको पछि लाग्नु हुँदैन । दल दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन नगर भनिरहेका छन् । गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन ।’

तोकिएकै समयमा निर्वाचन हुने भन्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचन हुनेमा आशंका नगर्न पनि आग्रह गरे ।

मुलुकलाई स्थायित्व दिनका लागि निर्वाचन घोषणा गरिएको बताउँदै उनले त्यसका लागि सबै तयार हुनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टी नेतृत्वलाई प्रतिक्रान्तिबाट बचाउनका लागि नै नयाँ जनादेश प्राप्त गर्न निर्वाचनमा जानुपरेको बताए ।

त्यस्तै, आज नै जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक काम गर्न निर्देशन दिए ।