१२ कार्तिक २०८३, बिहिबार

नुवाकोटमा उपप्रधानमन्त्री पोखरेलमाथि प्रचण्ड-माधव समूहद्वारा ढुंगामुढा

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, १९ माघ । नेकपा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेललाई नुवाकोटमा प्रचण्ड-माधव समूहका कार्यकर्ताले ढुंगामुढा तथा कालो झण्डा देखाएका छन् ।

नुवाकोटको बट्टारमा ओली पक्षले राखेको कार्यक्रममा सहभागी हुन पुगेका उपप्रधानमन्त्री पोखरेल लगायतका नेताहरुलाई प्रचण्ड–नेपाल समूहले कालो झण्डा देखाएका हुन् ।

नुवाकोटको कार्यक्रमको विरोधका लागि उनीहरुले विरोध गर्दै कालो झण्डा देखाएपछि प्रहरीले सचेत गराउन खोज्दा सामान्य झडप भएको थियो । प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी सामान्य घाइते भएको जनाइएको छ ।

प्रदर्शनकारीले ढुंगामुढा गर्दा २ वटा सरकारी गाडीमा क्षति पुगेको छ ।

नुवाकोटको बट्टारमा ओली पक्षद्वारा राखिएको सभामा पोखरेलसहित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।