१२ कार्तिक २०८३, बिहिबार

कक्षा १२ को परीक्षाफल सार्वजनिक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ माघ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

सोमबार बसेको परीक्षा बोर्डको बैठकका अनुसार परीक्षाफल प्रकाशत गरिएको हो ।

कोरोना महामारीका कारण ढिलो गरी परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा प्रकाशन गरेको हो ।

परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २७१ जना सहभागी भएका थिए । जसमा आंशिकतर्फ १ जनाको परीक्षा रद्द गरिनुका साथै कुल ११ हजार ४९० जनाको परीक्षा स्थगित गरिएको छ ।

बोर्डले कक्षा ११ को प्राप्तांक नभएका र कक्षा १२ को आन्तरिक मुल्यांकनको अंक प्राप्त नभएका परीक्षार्थीहरुको सम्बन्धित विषयको परीक्षाफल स्थगित गरिएको जनाएको छ । बोर्डको बेबसाइटमा परीक्षा स्थगित भएका परीक्षार्थीको विवरण हेर्न सकिनेछ ।

६९१६ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन् भने भने ३.२१ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ३८ हजार ४८० जना रहेको छ ।

त्यस्तै, बोर्डका अनुसार यस्तै २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या १ लाख ९ हजार ३१२ जना रहेको छ ।

यस्तै २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ५२ हजार ४२७ जना रहेका छन् । यस्तै १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या ७ हजार १६४, १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ३३३, ०.८१ देखि १.२० जीपीए ल्याउनेको संख्या ४ र ०देखि ०.८० जीपीए ल्याउनेको संख्या १८ हजार ८८९ रहेको छ ।

यस्तै परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np लगायत एसएमएस सर्भिस र आईभीर सर्भिसलगायतबाट हेर्न सकिन्छ ।