काठमाडौं, १९ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
केही समस्या नदेखिए सोमबार नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले केही समस्या नआए आजै नतिजा सार्वजनिक गर्ने बताए । यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो ।
४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ । बोर्डले पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो ।















प्रतिक्रिया