२ कार्तिक २०८३, सोमबार

स्पेनिस ला लिगामा बार्सिलोनासँग बिल्वाओ पराजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १९ माघ । लियोनल मेस्सीले बार्सिलोनाबाट ६५० गोल गरेका छन् ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा मेस्सीले गोल गरेसँगै बार्सिलोनाबाट उनको गोल संख्या ६५० पुगेको हो ।

बार्सिलोनाले एट्लेटिको बिल्वाओलाई २–१ गोल अन्तरले हराएको थियो । लियोनल मेस्सीले खेलको २० औँ मिनेटमा तथा एन्टोनी ग्रिजम्यानले ७४ औँ मिनेटमा गोल गरे ।

ला लिगाका अरु खेलमा भ्यालेन्सियाले एल्चेलाई १–० गोल अन्तरले हरायो भने भिल्लारियल र रियल सोसिडाडले एक–एकको बराबरी खेले ।

गेटाफे र अल्भास तथा ग्रानडा र सेल्टा भिगोले गोल रहित बराबरी खेलेका छन् ।