१२ कार्तिक २०८३, बिहिबार

आइतबार १०५ जनामा कोरोना, २८८ जना निको, २ को मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ४ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप १ सय ५ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ८८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६६ हजार ३ सय ३६ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ९४ जना पुगेको छ ।

२४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या २ हजार २९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २० लाख ७१ हजार ७ जनाको पीसीआर परीक्षण भइसकेको छ ।