१२ कार्तिक २०८३, बिहिबार

श्रोत नखुलेको १० नगदसहित विमानस्थलबाट एक जना पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । प्रहरीले श्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दुवई जान लागेको यात्रु कामाठडौँ महानगरपालिका वडा नं.१४ कलंकी स्थायी घर भएका आशिष खाती क्षेत्री नगदसहित पक्राउ परेका छन् ।

क्षेत्रीले लिई आएको कालो रंगको ह्याण्ड व्याग (सुटकेश) लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ्ग एरियाको एक्स रेबाट चेकजाँच गर्ने क्रममा १० लाख रुपैयाँ श्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको लुकाएको अवस्थामा बरामद गरिएको हो ।

अवैध रुपमा उक्त रकम विदेश लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ ।