२ कार्तिक २०८३, सोमबार

स्पेनिस ला लिगा फुटबलमा लेभान्टेसँग रियल मड्रिड पराजित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १८ माघ । स्पेनिस ला लिगा फुटबलमा लेभान्टेसँग रियल मड्रिड पराजित भएको छ ।

शनिबार राति भएको खेलमा लेभान्टेसँग रियल मड्रिड २–१ गोल अन्तरले पराजित भएको हो । खेलको नवौं मिनेटमा इडेर मिलिटाओले रातो कार्ड पाएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भएको थियो ।

रियलका लागि मार्को एसेन्सियोले खेलको १३ औं मिनेटमा गोल गरे पनि टीमलाई जिताउन सकेनन् । खेलको ३२ औं मिनेटमा लेभान्टेका जोस लुइस मोरालेसले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । खेलको ७८ औं मिनेटमा लेभान्टेका रोजर मार्टीले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

रियल मड्रिडले अहिलेसम्म २० खेल खेलेकोमा १२ खेलमा जित र चारमा बराबरी तथा चार खेलमा हार ब्यहोरेको छ । अंक तालिकामा रियल ४० अंककासाथ दोस्रो स्थानमा छ । दुई खेल कम खेलेको एट्लेटिको मड्रिड ४७ अंकका साथ पहिलो स्थानमा छ ।