१० कार्तिक २०८३, मंगलबार

परासीमा सुविधासम्पन्न बसपार्कको निर्माण सुरु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

नवलपरासी, १७ माघ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीमा व्यवस्थितरूपमा यातायात व्यवस्थापनका लागि सुविधासम्पन्न बसपार्क निर्माण शुरु गरिएको छ ।

रामग्राम नगरपालिकाको पहल र प्रस्तावमा शहरी विकास मन्त्रालयको लगानीमा रामग्राम–४ केरवानीमा ‘रामग्राम बसपार्क’ निर्माण शुरु गरिएको हो ।

हाल सदरमुकाम क्षेत्रमा बसपार्क नहुँदा सडकमै अव्यवस्थितरूपमा सवारी साधन पार्किङ हुँदै आएको छ । परासीको मुख्य बजार बुद्धचोक नै बसपार्कको रूपमा प्रयोग हुँदा बजार अव्यवस्थित हुनुका साथै दुर्घटनाको समेत जोखिम रहेको थियो ।

हाल बुद्धचोक–निलोगेटसम्मको सडक विस्तारका कारण केही समयदेखि अस्थायीरूपमा रामग्राम–४ स्थित जिल्ला समन्वय समितिको खाली जग्गामा बसपार्क सञ्चालन गरिएको छ । बसपार्कको अभावमा सवारी धनी, चालक र यात्रुले सास्ती खेप्दै आएका छन् ।

अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माण गर्ने गरी रु २७ करोडको गुरुयोजना स्वीकृत भएको र पहिलो चरणको निर्माण थालिएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए । –रासस