
काठमाडौं, १५ माघ । २३ लाख रुपैयाँ ५० हजार रुपैयाँ नगद र २५.२ ग्राम खैरो हेरोइनसहित काठमाडौंको टोखाबाट एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ खनियावास गाउँपालिका–४ का मनिस भनिने ३१ वर्षीय दुर्गा सिं तामाङ छन् । उनलाई काठमाडौंको टोखा नगरपालिका–८ रमणबस्तीबाट २५.२ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र २३ लाख ५० हजार रुपैयाँ नगदसहित मंगलबार पक्राउ गरिएको प्रहरीले बताएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रमणबस्ती आवास क्षेत्र गेटअगाडि सडकबाट दुर्गा सिंलाई ६ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद १० हजार रुपैयाँसहित फेला पारी पक्राउ गरेको थियो ।
साथै घटनाको अनुसन्धानको क्रममा उनको कोठाबाट थप १९.२ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद २३ लाख ४० हजार रुपैयाँ बरामद गरेको प्रहरीको भनाइ छ ।
दुर्गा सिंउपर लागूऔषध मुद्दामा थप अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ ।















प्रतिक्रिया