मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

यौन दुर्व्यवहार मुद्दाका फरार नवीन स्याङतान पक्राउ, झापाकी २७ वर्षीया महिला बलात्कृत

दैनिक नेपाल २०७७ माघ १५ गते १२:२६

काठमाडौं, १५ माघ । यौन दुर्व्यवहार मुद्दाका फरार प्रतिवादी मकवानपुरका नवीन स्याङतान र २७ वर्षीया महिलालाई बलात्कार गर्ने झापाका सुमन घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मकवानपुरको २०७६ भदौ २२ गतेको फैसलाले यौन दुर्व्यवहार मुद्दामा २ महिना ४ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका प्रतिवादी भिमफेदी गाउँपालिका–४ का ३२ वर्षीय नवीन स्याङतानलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

स्याङतानलाई कैद भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई कारागार कार्यालय भिमफेदी पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी जिल्ला अदालत मकवानपुरको २०६८ कात्तिक ६ गतेको फैसलाले सवारी ज्यान मुद्यामा २ हजार रुपैयाँ जरीवाना भुक्तान गर्न बाँकी रही फरार रहेका प्रतिवादी मनहरी गाउँपालिका–४ का ४० वर्षीय लालचन्द्र प्रजालाईलाई पनि बुधबार प्रहरीले पक्राउ गरेको छ ।

प्रजालाई जरीवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैबीच जबरजस्ती करणी गरेको अभियोगमा झापाका सुमन घिमिरेलाई पनि प्रहरीले पक्राउ गरेको छ । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–१ का २९ वर्षीय घिमिरेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको बताएको छ ।

घिमिरेले ती महिलालाई गत आइतबार दिउँसो बलात्कार गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित