४ कार्तिक २०८३, बुधबार

सात वर्षीया बालिकालाई बेच्‍न लैजाने दुई पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १३ माघ । ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ ।

सय बिघा बस्‍ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्‍न लगिरहेका दुई दलाललाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम छन् ।