२ कार्तिक २०८३, सोमबार

एफए कप फुटबलमा टोटनह्यामसँग वीकोम्बे वाइण्डेरे पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खेलमा टोटनह्यामले वीकोम्बे वान्डेरेर्सलाई ४–१ ले पराजित गरेको हो ।

लण्डन, १३ माघ । एफए कप फुटबलमा टोटनह्यामले शानदार जित दर्ता गराएको छ ।

सोमबार राति चौथो चरणअन्तर्गत अवे मैदानमा भएको खेलमा टोटनह्यामले वीकोम्बे वाण्डेरेर्सलाई ४–१ ले पराजित गरेको हो ।

टोटनह्यामका लागि पहिलो हाफको दोस्रो मिनेटमा ग्यारेथ बेलले गोल गरे । त्यसअघि वीकोम्बेका लागि २५ औँ मिनेटमा अनयदिन्माले गोल गरेका छन् ।

टोटनह्यामका लागि ८६ औँ मिनेटमा विन्क्सले गोल गरे । एनडोम्बेलेले ८७ औँ र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा गोल गरे ।