२ कार्तिक २०८३, सोमबार

विपक्षीको आन्दोलनमा पश्चिमा देशहरूको उक्साहटः रुस

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, १२ माघ । विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा प्रदर्शनका लागि पश्चिमा देशहरूले उक्साएको रुसले आरोप लगाएको छ ।

शनिबार नाभाल्नीका दशौँ हजार समर्थकले रुसका एक सय भन्दा बढि शहरमा प्रदर्शन गरेका थिए । प्रहरीले ३५ सय भन्दा प्रदर्शनकारीलाई पक्राउ गरेको अनुगमनकर्ताले बताएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले भने प्रदर्शनमा सीमित व्यक्तिको मात्रै सहभागिता भएको दाबी गरेको छ ।

प्रदर्शनकारीमाथिको ज्यादतीलाई लिएर रुसमाथि प्रतिबन्धात्मक उपायहरु अपनाउन युरोपियन युनियन ९इयू० माथि दबाब परिरहेको छ । रुसी सत्ताले प्रदर्शनकारीमाथि कठोर रणनीति लिएको आरोप अमेरिकाको छ ।