४ कार्तिक २०८३, बुधबार

प्रधानन्यायाधीश जबराको प्रश्न– बजार हल्लाको पछाडि न्यायालय लागेर हुन्छ ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनहरुमाथि आज आइतबार पनि संवैधानिक इजलाशमा बहश भइरहेको छ ।

निवेदनका पक्षमा वहश गर्ने वकिलहरुले चाहिने नचाहिने प्रसङ्ग कोट्याएको भन्दै आजको बहसमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले उनीहरुलाइृ सचेत गराएका छन् । बाहिर बजारमा भइरहेका हल्लाहरुबाट न्यायालय प्रभावित नहुने भन्दै जवराले वकिलहरुलाई आ–आफ्नो विषयमा वहश गर्न सुझाव दिएका छन् ।

सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा भइरहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’ भनेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक इजलासमा प्रश्न उठाएपछि जवराले उक्त सुझाव दिएका हुन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे त्रिपाठीले ‘यो तमासा हो श्रीमान्, हामी तमासा गर्न बसेको हौं ?’ भन्दै प्रश्न गरेका छन् । प्रश्नको जवाफमा प्रधान न्यायाधीश जवराले भनेका छन्, ‘बजारका कुरामा नगइकन आफ्नो विषयमा लाग्नुस् ।’ बजारमा धेरैले धेरै थरीका कुराहरु गरिरहेको भन्दै न्यायालय त्यसतर्फ नलाग्ने उनले स्पष्ट पारेका छन् । ‘हामीले त्यतातिर किन माइन्ड मोड्ने ?’, जवराले प्रतिप्रश्न गरेका छन् ।