४ कार्तिक २०८३, बुधबार

केपी ओलीद्वारा पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुसँग छलफल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुसँग छलफल गरेका छन् ।

माओवादी ‘जनयुद्ध’प्रति असहिष्णुको आरोप झेल्दै आएका प्रधानमन्त्री ओलीले पार्टी विभाजन भएपछि पूर्वमाओवादीका लडाकुका कमाण्डरहरुसँग छलफल गरेका हुन् ।

शनिबार प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएरै पूर्वजनमुक्ति सेनाका कमाण्डहरुसँग छलफल गर्दै ओलीले जनयुद्धका अवधिमा पूर्वलडाकुहरुले पुर्याएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको विश्वास दिलाए ।

उनले जनयुद्धको अवधिमा लडाकुहरुले पुर्याएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको समेत बताएका छन् । तर, नेतृत्वले पूर्वमाओवादीको भावनाको दुरूपयोग गरेको आरोप लगाउँदै ओलीले अब आफ्नो नेतृत्वले कुनै पनि धोका नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।