
काठमाडौँ, १० माघ । पाकिस्तानमा रेलमार्गमा टिकटक बनाउन हिँडिरहेका एक युवाको रेलको ठक्करबाट शनिबार मृत्यु भएको छ ।
त्यहाँको प्रहरीका अनुसार युवा युवतीहरुबीच प्रख्यात टिकटक बनाउन रेलमार्गमा हिँडिरहेका बेला ति युवालार्य रेलले ठक्कर दिएको हो ।
मृत्यु हुनेमा १८ बर्षीय हमजा नाभेद रहेका छन् । एएफपीका अनुसार उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्था रेलको ठक्करबाट मृत्यु भएको हो ।
पाकिस्तानको राजधानी शहर इस्लामावाद नजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिँडी शहरमा शुक्रबार सो दुर्घटना भएको बताइएको छ । –एजेन्सी















प्रतिक्रिया