
काठमाडौं, १० माघ । विश्वभर हालसम्म ९ करोड ८७ लाख ५० हजार १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ७१ दशमलव ८२ प्रतिशत संक्रमित निको भएका छन् भन २१ लाख भन्दा बढी मानिसले यही संक्रमणका कारण ज्यान गुमाएका छन् ।
हालसम्म विश्वभर ७ करोड ९ लाख ३६ हजार ७५० जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । कुल संक्रमित र निको भएको यो संख्याका आधारमा आज शनिबार यो समाचार तयार पर्दासम्म निको हुनेको दर ७१ दशमलव ८२ प्रतिशत भएको वर्ल्डोमिटरर्सले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ३२ हजार ८३१ जना निको भएका छन् ।
यस्तै कोरोना संक्रमणका बारण मृत्यु हुनेको संख्या २१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ७९३ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २१ लाख १६ हजार १५९ पुगेको हो । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २ दशमलव १४ प्रतिशत हो ।
कुल संक्रमितको २६ दशमलव ०४ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात् सक्रिय संक्रिमतको संख्या २ करोड ५७ लाख ९ हजार २५८ छ । यसमध्ये १ लाख ११ हजार २३९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ लाख ४७ हजार २२८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ८७ लाख १३ हजार ५५५ पुगेको छ ।
संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । अमेरिकामा २ करोड ५३ लाखभन्दा बढी संक्रमित भएका छन् । ४ लाख २४ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।
यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् ।















प्रतिक्रिया