१० कार्तिक २०८३, मंगलबार

मोटरसाइकल सालको रुखमा ठोक्किदा दुई जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर, १० माघ । नवलपुर जिल्लाको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कावासोती नगरपालिका वडा नम्बर– ८ मा रहेको भित्रको सडकखण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कावासोती नगरपालिका–३ का २४ वर्षीय हेमराज थापा र कावासोती– ८ का २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए ।

मोटरसाइकल अनियन्त्रित भएर सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।