४ कार्तिक २०८३, बुधबार

कोरोनाविरुद्धको खोप लगाउन एक लाखले निवेदन दिए, शनिबारसम्म म्याद

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । कोरोना भाइरसविरुद्धको खोप लगाउने स्वास्थ्य संस्थाका व्यक्तिहरूको विवरण शनिबारसम्ममा सूचीकृत गर्नुपर्ने भएको छ ।

खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिइएको छ । शनिबारसम्ममा १ लाखभन्दा धेरै व्यक्ति सूचीकृत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि सङ्घ, प्रदेश र पालिकामा सूचीकृत भएका सबै प्रकारका स्वास्थ्य संस्थालाई मन्त्रालयको वेबसाइटमा लगइन गरी तोकेको ढाँचामा विद्युतीय प्रणालीमा दुई दिनभित्र पठाउन मन्त्रालयले निर्देशन दिइएको थियो ।

स्वास्थ्य संस्थामा कार्यरत कोरोनाको सङ्क्रमण व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, पालिकामा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीको सूचीसम्बन्धित संस्था प्रमुखद्वारा प्रमाणित गरी मन्त्रालयको विद्युतीय प्रणालीमा पठाउनुपर्ने मन्त्रालयका डा.जागेश्वर गौतमले जानकारी दिए ।