४ कार्तिक २०८३, बुधबार

शुक्रबार थप ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ४८० जना डिस्चार्ज, ७ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३०२ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट ३ हजार ५४५ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६८ हजार ९४८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ६३ हजार ३४८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९८६ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० लाख ३५ हजार ३०१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ३ हजार ६१४ जना आइसोलेसन र १५८ जना क्वारेन्टिनमा छन् ।