
काठमाडौं, ९ माघ । प्रचण्ड–माधव समूहका नेता एवं पूर्वमन्त्री घनशयाम भुषालले मुलुकमा लोकतन्त्र र बामपन्थ जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले चालेको पछिल्लो कदम असंवैधानिक भएको चर्चा गर्दै नेता भुषालले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संविधानको समेत हत्या गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको विरोध गर्दै आज राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता भुषालले ओलीविरुद्ध बोल्न र लड्न पाएकोमा गौरव लागेको समेत बताएका छन् ।
‘नेपालको कम्युनिष्ट इतिहासमा पार्टीभित्र भएका नराम्रा कामहरुको विरुद्धमा बोल्न पाउनु हाम्रो गौरव, इज्जत र प्रतिष्ठाको विषय हो’, नेता भुषालले भने ।
भएको दुईतिहाई मासेर अर्को दुईतिहाई ल्याउन सपना नदेख्न ओलीलाइृ उनले आग्रह समेत गरेका छन् । त्यस्तै चुनावको पक्षमा रहेकाहरुलाई पनि उनले निर्वाचन हुँदै नहुने भएकाले त्यतातिर नलागी प्रतिनिधिसभा पुनः स्थापनामा लाग्न आग्रह गरेका छन् ।















प्रतिक्रिया