मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

घरमा कोही नभएको अवस्थामा १५ वर्षीया बालिका बलात्कृत

दैनिक नेपाल २०७७ माघ ९ गते १४:१३

प्रतिकात्मक तस्वीर

इलाम, ९ माघ । घरमा काही नभएको अवस्थामा इलाममा १५ वर्षीया एक बालिका बलात्कृत भएकी छिन् ।

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरीले ईलाम नगरपालिका–७ भानुपथका २५ वर्षीय बिनायक बरईलाई बिहीबार दिउँसो पक्राउ गरेको छ ।

बरईले ती बालिकालाई पुस २६ गते साँझ घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग प्रहरीले बताएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले बरईलाई पक्राउ गरेको बताइएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित