४ कार्तिक २०८३, बुधबार

मिक्लाजुङ्ग–१ का राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न अटोमेटिक पेस्तोल र गोलीसहित पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ९ माघ । अटोमेटिक पेस्तोल र गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बुढीगंगा गाउँपालिका–४ बाट १ थान अटोमेटिक पोस्तोल, केएफ ७.६५ लेखिएको ३ राउण्ड गोली, ५ थान मोबाइल र ५ थान सिमकार्डसहित संखुवासभा मादी नगरपालिका–४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भनिने धनबहादुर बिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो

उक्त स्थानमा केही व्यक्तिहरू लुकीछपी उद्योगी व्यवसायीहरुलाई धम्काई चन्दा रकम असुल्ने लगायतका गतिविधि गरिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले धन बहादुरलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा धनबहादुर गत मंसिर २३ गते मिक्लाजुङ्ग गाउँपालिका–१ बस्ने राजेन्द्र श्रेष्ठलाई बर्खे जंगलमा लगि धारिलो हतियारले घाँटी रेटी हत्या गरेको तथा बम बिस्फोट समेत गराएको घटनामा संलग्न रहेको पनि पाइएको छ ।