
जनकपुरधाम, ९ माघ । धनुषाको सीमावर्ती स्थानीय तह जनकनन्दीनी गाउँपालिका–२ का अध्यक्ष भोगी पाठकको निधन भएको छ ।
अकस्मात बिरामी परेपछि ५५ वर्षीय पाठकलाई बिहीबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान उनको भारतमा निधन भएको हो ।
निधन भएका वडा अध्यक्ष पाठकलाई यसअघि आरडीटी पोजेटिभ देखिएपछि गत चैतको अन्तिम साता गाउँकै क्वारेन्टिनमा राखिएको थियो ।
नेपाली कांग्रेसका वडा सभापति समेत रहेका पाठक सुगर र प्रेसरको दीर्घरोगी समेत भएको बताइएको छ ।















प्रतिक्रिया