२९ आश्विन २०८३, बिहिबार

विश्वकप क्रिकेटको उपाधि जित्न अष्ट्रेलियालाई १८४ रनको लक्ष्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cricket WCup New Zealand Australiaकाठमाडौं, १५ चैत । विश्वकप क्रिकेट प्रतियोगिता २०१५को उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलियासामू १८४ रनको लक्ष्य लक्ष्य प्रस्तुत गरेको छ ।

घरेलु मैदान मेलबर्नमा अष्ट्रेलियाले उपाधि जित्न न्यूजिल्याण्डलाई १८३ रनमा रोकेको हो । मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५०ओभरको खेलमा ४५ ओभरमै सबै विकेट गुमाएर १८३ रन बनायो ।

न्यूजिल्याण्डको खराब व्याटिङको फाइदा अष्ट्रेलियाले पायो । न्युजिल्यान्डले पहिलो ओभरमै कप्तान ब्रेन्डन म्याकलमलाई शून्यमै अष्ट्रेलियाका मिचेल स्टार्कले बोल्ड गरे ।

न्यूजिल्याण्डका भरपर्दा ब्याट्सम्यान मार्टिन गुप्टिल १५ रनमै बोल्ड आउट भए । थप ६ रन जोड्दा केन विलियम्सन १८ रनमा आउट भएपछि न्यूजिल्याण्ड दबावमा आयो ।

उक्त दबाबलाई ग्राण्ट इलियट र रोस टेलरले शतकीय साझेदारी गर्दै न्यूजिल्याण्डको स्कोर रफ्तारमा लगे । इलियटसाग १११ रनको साझेदारी गरेका टेलर व्यक्तिगत ४० रनमा आउट भए ।

चौथो विकेट गुमाउँदा न्युजिल्याण्डको विकेट आउट हुने क्रम तीव्र भयो । कोरी एण्डरसन शुन्यमै बोल्ड भए । लुक रोन्चीले पनि खाता खोल्न सकेनन् । ड्यानअल भिट्टारीले ९ रन मात्र जोडे ।

आठौं विकेटका रुपमा इलियट व्यक्तिगत ८३ रनमा आउट भए । माट हेनरी शुन्य र टीम साउदी ११ रनमा नै पभेलियन फर्किए ।

चारपल्टको विश्वकप विजेता अस्ट्रेलियाको आक्रमक बलिङसामु न्युजिल्यान्डले खुलेर ब्याटिङ गर्न सकेन ।

अष्ट्रेलियाका फल्कनर र मिचेल जोनसनले ३/३ विकेट लिए भने मिचेल स्टार्कले २ र म्याक्सवेलले एक विकेट लिए । अहिले अष्ट्रेलिया जवाफी व्याटिङ गरिरहेको छ ।