८ कार्तिक २०८३, आइतबार

राप्तीको पाखापानीमा प्रदेशस्तरीय हरित पार्क प्रस्ताव, पाखापानीको उत्तरतर्फको क्षेत्र छनोट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तीर्थराज ज्ञवाली

मसुरिया, ८ माघ । लुम्विनी प्रदेशको राजधानीको केन्द्र रहेको भालुवाङ आसपासमा निर्माण हुने प्रस्तावित हरित पार्कको लागि स्थलगत रुपमा अध्यन गरिएको छ ।

नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयअन्तरगत वातावरण विभागको सहयोगमा निर्माण हुने प्रस्तावित पार्ककोे लागि पाखापानीको उत्तरतर्फको क्षेत्रको अवलोकन गरिएको छ ।

वातावरण मैत्री शहरी बृक्षरोपण अभियानअन्तरगत एक प्रदेशमा एक स्थानीय तहसंगको लागत साझेदारीमा निर्माण हुने हरित उद्यानका लागि पाखापानीको उत्तरतर्फको क्षेत्र छनोट गरिएको छ ।

वन तथा वातावरण मन्त्रालय बातावरण विभागवाट प्रस्तावना, जीपीएस लोकेशनसहित साढे दुई विघा जग्गा माग भएकोमा स्थानीयस्तरमा सञ्चालनमा रहेको पार्क क्षेत्रको प्रवर्द्धन गर्दै लैजाने गरि सर्बे गरिएको छ ।

धार्मिक, पर्यटकीयस्थलको रुपमा विकास गरिने प्रस्तावित हरित पार्कको जीपीएस लोकेशन लिने कार्य सम्पन्न गरिएको छ । वन क्षेत्र, खाली चौर तथा सिमसार क्षेत्र समेत रहेको सो क्षेत्रको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले अवलोकन समेत गरेका छन्

देउखुरी उपत्यकाको अधिकांश क्षेत्र देखिने सो क्षेत्र लुम्विनी प्रदेशको राजधानीको आकर्षक क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना देखिएकोले प्रस्तावित उद्यानमा हुने मुख्य भौतिक निमार्णका क्रियाकलापहरूका लागि साझेदारीमा काम हुने गरि प्रस्ताव गरिएको छ ।

पार्कको लागि प्रस्तावना स्वीकृत भएमा विभागवाट एक करोड र राप्ती गाउँपालिकावाट करिव ४८ लाख लगानी गरिने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताए ।