११ कार्तिक २०८३, बुधबार

प्रेस संगठन नेपालकाे दोस्रो राष्ट्रिय भेला बिहीबार हुने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ माघ । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेला माघ ८ गते काठमाडौँमा हुने भएको छ ।

संगठनको केन्द्रीय कमिटीको आज सम्पन्न बैठकले नयाँ राजनीतिक परिस्थितिमा सङ्गठनमा आबद्ध देशभरका सबै सदस्यलाई एकताबद्ध र दिशानिर्देश गर्ने लक्ष्यका साथ भेलाको आयोजना गरिएको जनाइएको छ ।

बैठक सङ्गठनका केन्द्रीय सहसंयोजक गणेश बस्नेतका अध्यक्षतामा बसेको थियो ।

भेला राष्ट्रिय सभा गृहमा हुने जनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा पार्टीका शीर्ष नेताको विशेष आतिथ्यतामा हुने भेलामा सङ्गठनका अगुवा, केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, पूर्वपदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, सङ्गठनबाट नेपाल पत्रकार महासङ्घमा प्रतिनिधित्व गर्ने वर्तमान र पूर्वपदाधिकारी, जिल्ला प्रतिष्ठान र एसोसिएट शाखाका संयोजक÷सहसंयोजक सहभागी हुने प्रेस विज्ञप्तिमा जनाइएको छ ।