११ कार्तिक २०८३, बुधबार

प्रदेश १ को हिउँदे अधिवेशनको बैठक ३ मिनटमै स्थगित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ माघ । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेटमै सकिएको छ ।

बैठक सुरु भएलगत्तै सभामुख प्रदीप कुमार भण्डारीले प्रदेश प्रमुखको पत्र वाचन गरेर बैठक स्थगित भएको जनाए ।

सभामुख भण्डारीले अर्को बैठक कहिले बस्ने भन्नेबारे दलहरुसँग परामर्श गरेर मात्रै तय गरिने जनाएका छन् ।

बैठक नेकपाका दुई पक्षबीचको विवादका कारण अति छोटो समयमै स्थगित भएको हो । दुवै पक्षले एक अर्कालाई निषेध गर्ने रणनीतिले बैठक बस्न नसकेको हो ।